उपत्यकाको फोहोर  प्रहरी परिचालन गरेर  बञ्चेडाँडास्थित ल्याण्ड फिल्ड साइटमा विसर्जन गरिने

सफल खबर संवाददाता

बुधबार, ०१ भदौ २०७९, १३ : ४४
उपत्यकाको फोहोर  प्रहरी परिचालन गरेर  बञ्चेडाँडास्थित ल्याण्ड फिल्ड साइटमा विसर्जन गरिने

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर  प्रहरी परिचालन गरेर  बञ्चेडाँडास्थित ल्याण्ड फिल्ड साइटमा विसर्जन गरिने भएको छ।  स्थानीयले फोहोर बोकेको टिपरलाई पटकपटक अवरोध गरेपछि प्रहरी परिचालन गरी फोहोर विसर्जन गर्न लागेको काठमाडौं महानगरपालिकाले जनाएको छ। 

स्थानीयले सहज रूपमा फोहोर लैजान नदिने भएकाले प्रहरी परिचालन गर्नुपर्ने अबस्था आएको महानगरपालिका वातावरण विभागीय प्रमुख सरिता राईले बताइन्। फोहोर व्यवस्थापनमा अवरोध भएपछि मंगलबार प्रहरी प्रशासनको सहयोगमा १८६ गाडी फोहोर ल्याण्डफिल साइटमा लगिएको थियो। स्थानीय अवरोधपछि प्रहरीले बल प्रयोग गरेको थियो।

स्थानीय अवरोधपछि प्रहरीले बल प्रयोग गर्नुपरेको थियो। सडक निर्माण तथा मर्मत सकिनुपर्ने लगायतका मागहरु पूरा हुनुपर्ने बताउँदै उनीहरुले सडकमा अवरोध गर्दै आएका छन्

प्रतिक्रिया दिनुहोस