केन्याको निर्वाचनमा महिलालाई ठूलो सफलता

सफल खबर संवाददाता

बुधबार, ०१ भदौ २०७९, १३ : २५
केन्याको निर्वाचनमा महिलालाई ठूलो सफलता

काठमाडौं । केन्यालीहरूले यस महिनाको चुनावमा ७ गभर्नरहरू, ३ सिनेटरहरू र २६ सांसदसहित ठूलो संख्यामा महिलाहरू विजयी भएका छन् । पछिल्लो निर्वाचन परिणामले लैङ्गिक समानताको दिशामा महिलाहरू एक कदम अगाडि बढेको देखिन्छ । 

पूर्वी अफ्रिकी देश केन्याले महिलाहरूलाई राजनीतिमा ल्याउन लामो समयदेखि सङ्घर्ष गरेको छ । तर, अगस्ट ९ को चुनावले महिला राजनीतिज्ञहरूको लागि एउटा सफलता प्रदान गरेको छ । ठूलो जनसंख्या भएको रिफ्ट भ्याली सहर नाकुरुमा, गभर्नर, सिनेटर र महिला प्रतिनिधिसहित ८ पदमा महिला उम्मेदवारहरू निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस