निर्वाचन कार्यालय पुगे नेता वामदेव

सफल खबर संवाददाता

मंगलबार, ३१ साउन २०७९, १५ : ३३
निर्वाचन कार्यालय पुगे नेता वामदेव

काठमाडौं । माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचनमा सहभागी हुने सहमतिपछि नेता वामदेव गाैतम निर्वाचन आयाेगकाे कार्यालय पुगेका छन् । मंगलबार दिउँसाे आयाेगकाे कार्यालय पुगेका उनले माओवादी केन्द्रकाे चुनाव चिन्ह लिएर आगामी संघीय निर्वाचन लड्ने तयारी भइरहेकाे र यसैकाे प्रक्रियाबारे विषय बुझ्न आएको प्रतिक्रिया दिएका छन् ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र वामदेव गाैतमले आगामी  निर्वाचनमा माओवादी केन्द्रकाे चुनाव चिन्ह हसिया हताैडा लिएर उठ्ने भएका छन् । 

प्रतिक्रिया दिनुहोस