विवेकशील साझा पार्टीले दल दर्ता गर्‍यो

सफल खबर संवाददाता

मंगलबार, ३१ साउन २०७९, १५ : ३१
विवेकशील साझा पार्टीले दल दर्ता गर्‍यो

काठमाडौं । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा भाग लिनका लागि विवेकशील साझा पार्टीले दल दर्ता गरेको छ । मंगलबार दिउँसो निर्वाचन आयोगमा पुगेर पार्टीले दल दर्ता गरेको हो । 

पार्टी अध्यक्ष समीक्षा बाँस्कोटा, संयोजक सञ्जीववल्लभ भट्टराई, संस्थापक नेता प्रकाशचन्द्र परियार, कार्यालय व्यवस्थापन उपप्रमुख नवराज थापासहितका नेता आगामी निर्वाचन प्रयोजनार्थ दल दर्ता गर्न पुगेका थिए । आइतबार पार्टीले अध्यक्ष पदबाट रवीन्द्र मिश्रले दिएको राजीनामा स्वीकृत गर्दै अध्यक्षमा बाँस्कोटा र संयोजकमा भट्टराईलाई चयन गरेको थियो । 

निर्वाचन आयोगले आयोगले २२ देखि ३१ साउनसम्मका लागि दल दर्ताको समय दिएको थियो । यस समयभित्र कतिपय दल दर्ता भइसकेका छन् भने बाँकी दल आजसम्म दर्ता हुनेछन् । आज नै कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायतका दल दर्ता हुने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस