संयुक्त संसद् बैठक स्थगित

सोमबार, २८ जेठ २०७५, १५ : १७
संयुक्त संसद् बैठक स्थगित

काठमाडौँ । संघीय संसद्को दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा)को संयुक्त बैठक विशेष कारण जनाउँदै स्थगित भएको छ ।

आज अपराह्न १ बजेका लागि बोलाइएको संयुक्त बैठक प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षको निर्देशनअनुसार अर्काे सूचना नभएसम्म स्थगित भएको संघीय संसद्का महासचिव मनोहरप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस