चार वर्षीया बालिका बलात्कृत, एक युवक पक्राउ

सफल खबर संवाददाता

मंगलबार, ३१ साउन २०७९, १० : २८
चार वर्षीया बालिका बलात्कृत, एक युवक पक्राउ

पाँचथर । चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पाँचथरमा एक  पुरुष पक्राउ परेका छन ।  फिदिम नगरपालिका– ११ फेवदिनका ५६ वर्षीय देवी बुढाथोकीलाई ४ वर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको हो ।

शनिबार राती बालिकालाई ललाई फकाई गरेर बलात्कार गरेको खुलेपछि आफन्तले सोमबार दिएको उजुरीका आधारमा बुढाथोकी पक्राउ परेका हुन्। प्रहरीले सो घटनाको विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ। 

प्रतिक्रिया दिनुहोस