सर्वाेच्चले माग्यो बोर्ड अध्यक्षमा केसीलाई नियुक्त गर्ने सरकारकाे निर्णयको फाइल

सफल खबर संवाददाता

सोमबार, ३० साउन २०७९, १९ : १९
सर्वाेच्चले माग्यो बोर्ड अध्यक्षमा केसीलाई नियुक्त गर्ने सरकारकाे निर्णयको फाइल

काठमाडौं । सर्वोच्च अदालतले चलचित्र विकास बोर्ड अध्यक्षमा भुवन केसीलाई नियुक्त गर्ने सरकारको निर्णयको सक्कल फायल मागेको छ । 

नरेशकुमार पौडेलसहितले केसीको नियुक्तिविरुद्ध दायर गरेको रिटमाथि सोमबार सुनुवाइ गर्दै न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले  सरकारको निर्णयको सक्कल फायल मागेको हो । 

साथै बोर्डको अध्यक्षमा भुवन केसीलाई नियुक्ति गर्नुको कारण माग पनि मागेको छ । विकास बोर्डको अध्यक्षमा नियुक्तिका लागि केसीको शैक्षिक योग्यता नपुग्ने भन्दै अध्यक्षका दाबेदार नरेश पौडेलसहित ५ जनाले गत शुक्रबार रिट दिएका थिए । 

प्रतिक्रिया दिनुहोस