काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले देशको स्थायित्व र विकासका लागि सम्पूर्ण तागत लगाउनुपर्ने बताएका छन ।
सोमबार काठमाडौंमा आयोजित एक कलाकार सम्मान तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले देशको स्थायित्व र विकासका लागि सम्पूर्ण तागत लगाउनु आवश्यक रहेको बताए।
उनले नेपालको विकासको स्वरुप आफ्नै प्रकारको हुनुपर्ने बताए । नेपाली मोडेलले नै देशको विकास हुनुपर्ने भन्दै देशको इतिहास, भुगोल, संस्कृति र जातिय बनावट अनुकुल नेपाली स्वरुपको विकास गर्न सक्नुपर्ने बताए । अध्यक्ष दाहालले विकासको वातावरण बनाउनका लागि उत्पादन अभिवृद्धि गर्ने, आत्मनिर्भर अर्थतन्त्रको जग बसाउने, निर्यात प्रवद्र्धन गर्ने र आयात प्रतिस्थापन गर्ने लगायतका काम गर्नुपर्नेमा जोड दिए ।
उनले मानिसहरुको जीवन सरल र सहज बनाउनको निम्ति कला र संस्कृतिको ठूलो भुमिका हुने बताए । कला र संस्कृतिले मानिसलाई सफल जीवन जिउनका लागि प्रेरणा दिने उनले बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३० साउन २०७९, १५ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘महाधिवेशनमार्फत नेतृत्व हस्तान्तरण र पुनर्गठन गर्छौँ’ : ‘प्रचण्ड’
‘विभेद रहँदासम्म कम्युनिष्ट पार्टीको औचित्य रहिरहनेछ’- ‘प्रचण्ड’
समाजवाद र साम्यवादका लागि वामपन्थी एकता आजको आवश्यकता : प्रचण्ड
केपी ओली र प्रचण्डबीच अस्पतालमै भेटवार्ता
केपी ओली र प्रचण्डबीच अस्पतालमै भेटवार्ता
६ महिनाभित्र नेकपाको महाधिवेशन गर्ने प्रचण्डको लक्ष्य