जनै पूर्णिमाको अबसरमा प्रहरी शिक्षालय भित्र राखी बाधियो

सफल खबर संवाददाता

शुक्रबार, २७ साउन २०७९, १९ : १०
जनै पूर्णिमाको अबसरमा प्रहरी शिक्षालय भित्र राखी बाधियो

चितवन । जनै पूर्णिमा,रक्षा बन्धन र गाईजात्राको अवसरमा नेपाल प्रहरी शिक्षालय भित्र रहेको दुर्गा मन्दिरमा राखी बाधिएको छ । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र नारायणघाट र बसेनी भरतपुरको समन्वयमा ‍शिक्षालयमा कार्यरत प्रहरी कर्मचारी र प्रशिक्षणरत प्रशिक्षार्थीहरूलाई रक्षा बन्धन तथा शुभकामना साटासाट गरिएको हो ।  

उक्त कार्यक्रममा राजयोग प्रशिक्षक राजु घले र ब्रह्माकुमारी रीताबाट प्रबचन तथा शुभकामना सन्देश दिएका थिए ।  कार्यक्रममा शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक सन्दिप भण्डारीले मानव जिवनमा सकारात्मक सोचको विकास गर्न तथा तनावलाई प्रभावकारी रूपमा व्यवस्था गर्न आवश्यक भएकोले जिवनलाई सफल बनाउनको लागि आफूलाई सदैव सत्कर्मतर्फ प्रेरित रहिरहन निर्देशन दिए ।  उक्त कार्यक्रममा ११०० जना प्रहरीको उपस्थिति रहेको थियो ।

 कार्यक्रम शिक्षालय निर्देशक प्रहरी नायव महानिरीक्षक भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन भएको हो ।

 

प्रतिक्रिया दिनुहोस