खुद्रा नोट नछाप्ने केन्द्रीय बैंकको नीतिले आयात प्रभावित

सफल खबर संवाददाता

शुक्रबार, २७ साउन २०७९, १३ : ५५
खुद्रा नोट नछाप्ने केन्द्रीय बैंकको नीतिले आयात प्रभावित

काठमाडौं । एक र दुई रूपैयाँका खुद्रा नोट नछाप्ने केन्द्रीय बैंकको नीतिले नेपालको आयातलाई प्रत्यक्ष प्रभाव पारिरहेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार पछिल्लो समय एक र दुई रूपैयाँको काम गर्दै आइरहेको आयातित चकलेट र चुइगमको आयात बढिरहेको देखिएको हो ।

केन्द्रीय बैंकले विगत १२ वर्ष (सन् २०१२) देखि घाटा भएको बताउँदै एक र दुई रुपैयाँको नोट छापेको छैन ।त्यसको सट्टा सोही मूल्यका सिक्का प्रयोजनमा ल्याउने नीति केन्द्रीय बैंकको छ । यसको अर्थ‍ १ र २ रूपैयाँका कागजी नोट नभई त्यसको सट्टा सोही मूल्यका सिक्का छाप्ने र बजारमा प्रवाह गर्ने नीति केन्द्रीय बैंकको छ ।

केन्द्रीय बैंकले छाप्ने गरेको ११ प्रकारका नोटहरूमध्ये अहिले १, २, २५ र २५० का नोट छापिँदैन । यीमध्ये १ र २ रुपैयाँका नोट छाप्दा छपाई लागत नै नउठ्ने गरेको तथा २५ र २५० का नोटको माग नै नरहेको केन्द्रीय बैंकको दाबी छ ।

प्रतिक्रिया दिनुहोस