शेयर बजारमा दोहोरो अंकको गिरावट, १ अर्ब ७६ करोडको कारोबार

सफल खबर संवाददाता

विहीबार, २६ साउन २०७९, १५ : २०
शेयर बजारमा दोहोरो अंकको गिरावट, १ अर्ब ७६ करोडको कारोबार

काठमाडौं । कारोबार हुने साताको पाँचौं दिन शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बिहीबार नेप्से परिसूचक १९.०६ अंकले घटेर २०३७.८३ विन्दुमा झर्दा ठूला कम्पनीको कारोबार हेर्ने सेन्सेटिभ इन्डेक्स ४.०९ अंकले घटेर ३९१.६६ विन्दुमा आइपुगेको छ ।

नेप्से घटेसँगै कारोबार रकम पनि खुम्चिएको छ । २ सय २३ कम्पनीको ६२ लाख ९८ हजार ६ सय ३८ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ७६ करोड १० लाख रुपैयाँको कारोबार भएको छ ।

म्युचल फन्डबाहेकका सबै उपसूचक यसदिन घटेका छन् । म्युचल फन्ड भने ०.०७ अंकले बढ्दा अन्य उत्पादन तथा प्रशोधन समूह ८२, निर्जीवन बीमा ७०, जीवन बीमा ६७, होटल तथा पर्यटन ५० अंकले घटेका छन् ।

यसदिन हिमालयन हाइड्रोपावर लिमिटेड र माथिल्लो हेवाखोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले १० प्रतिशतले कमाए ।कारोबार भने सबैभन्दा बढी शिवम् सिमेन्टको ७ करोड २७ लाख र हिमालयन डिस्टिलरीको ६ करोड १२ लाख रुपैयाँको भयो ।

प्रतिक्रिया दिनुहोस