चितवन । चितवनमा नारायणी नदीले बगाँउदा २५ वर्षको भाले गैंडाको मृत्यु भएको छ । गत साउन १२ गते बाढीले बगाएर ल्याएको गैंडा मृत अवस्थामा गण्डक ब्यारेजमा भेटिएको निकुञ्ज स्रोतले जनाएको छ ।
भारततर्फ पर्ने गण्डक ब्यारेजको ढोका नजिक मृत फेला परेको गैंडालाई चितवन राष्ट्रिय निकुञ्ज तथा भारतको बाल्मिकी टाइगर रिर्जभको प्राविधिक टोलीले पोष्टमार्टम गरी भारतमा नै गाडिएको छ ।
मृत गैंडाको खाग र खुर भने सुरक्षित छन् । गैंडा मरेको विषयमा निकुञ्जले सार्वजनिक जानकारी भने गराएको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २६ साउन २०७९, ०९ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गैँडाको आक्रमण परि एक वृद्धको मृत्यु
गैँडाले आक्रमण गर्दा एकजना घाइते
सौराहामा हुर्काइएकी ‘पूजा’ लाई चिडियाखाना पठाइयो
आठ महिनामा चितवन राष्ट्रिय निकुञ्जमा २० गैँडा मरे
गैँडाको आक्रमणपछि बेपत्ता महिलाको शव भेटियो
चितवनमा गैँडाको आक्रमण बढ्दो : दुई महिनामा ६ जनाले गुमाए ज्यान