एक विद्यार्थी गम्भीर घाइते

सफल खबर संवाददाता

बुधबार, २५ साउन २०७९, १२ : ४१
एक विद्यार्थी गम्भीर घाइते

काठमाडाैं  । मोरङमा विद्यालयको तेस्रो तल्लाबाट खसेर एक विद्यार्थी गम्भीर घाइते भएकी छिन्।

बुधबार सुन्दरहरैंचास्थित सुकुना माध्यमिक विद्यालय भवनको तेस्रो तल्लाबाट बिहान १६ वर्षीया छात्रा खसेर घाइते भएकी हुन्।घाइते हुनेमा कक्षा १० मा अध्ययनरत युनिका चौधरी रहेकी छिन्।उनलाई हाल थप उपचारका लागि विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ। खुट्टा तथा शरीरका विभिन्न भागमा चोटपटक रहेको बताइएको छ।

सुन्दरहरैंचा नगरपालिका-१० मा बसोबास गर्दै आएकी चौधरी सप्तरी बोदेवरसाइन गाउँपालिका ३ निवासी भएको प्रहरीले जनाएको छ।विद्यालयले भवनको तेस्रो तलाबाट खसेर घाइते भएको जानकारी प्रहरीलाई बिहान करिब ८ बजेतिर दिएको थियो। विद्यालयले भने युनिका आफैँले हामफालेको जानकारी प्रहरीलाई दिएको छ।

घटनाका बारेमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस