पहिरोले टोखा छहरे सडकखण्ड अवरुद्ध

सफल खबर संवाददाता

बुधबार, २५ साउन २०७९, १२ : ३६
पहिरोले टोखा छहरे सडकखण्ड अवरुद्ध

नुवाकोटको लिखु गाउँपालिका–१ ढिकुरेमा आज बिहान पहिरो खसेको छ । 

वर्षातको कारण खसेको पहिरोले टोखा छहरे सडकखण्डमा चल्ने सवारी साधनको आवागमन रोकिएको छ  ।  पहिरो पन्छाई अवरुद्ध सडक सुचारु गर्न प्रहरी खटिएको छ । 

प्रतिक्रिया दिनुहोस