राष्ट्रिय टोलीकी मिडफिल्डर दीपा भारतीय टोलीमा अनुबन्ध

सफल खबर संवाददाता

बुधबार, २५ साउन २०७९, १२ : ३०
राष्ट्रिय टोलीकी मिडफिल्डर दीपा भारतीय टोलीमा अनुबन्ध

काठमाडाैं  । विभागीय टोली नेपाल पुलिस क्लब तथा राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर दीपा न्यौपाने भारतीय क्लबमा अनुबन्धित भएकी छन् ।मिडफिल्डर दीपाले केरेला महिला लिगका लागि भारतीय क्लब डन बस्को एफएसँग सम्झौता गरेकी हुन् । उनि प्रतियोगिताका लागि आज दिउँसो १:२५ मा भारत प्रस्थान गर्ने छन् ।

उनले खेल्ने केरेला महिला लिग आजबाट सुरु हुँदै छ । प्रतियोगिताको पहिलो खेलमा गोकुलम केरेला र केरेला युनाइटेड भिड्ने छन् ।  दीपा आबद्द डन बस्कोले आफ्नो पहिलो खेलमा भोलि लर्ड्स पिआरविरुद्ध खेल्नेछ । केरेला लिगको विजेता टोली महिला आई लिगका लागि छनोट हुनेछ।

केरेला  महिला लिगको पछिल्लो संस्करणमा डन बस्को दोस्रो स्थानमा रहेको थियो थियो । गोकुलम केरेला पहिलो हुँदै इन्डियन महिला लिगमा छनोट भएको थियो ।

प्रतिक्रिया दिनुहोस