प्रोफेसनल फाइटका लागि कम्बोडिया जाने रुचालको बिदाइ

सफल खबर संवाददाता

बुधबार, २५ साउन २०७९, १२ : २२
प्रोफेसनल फाइटका लागि कम्बोडिया जाने रुचालको बिदाइ

काठमाडाैं  । अन्तर्राष्ट्रिय मुवा थाई विजेता गुणराज रुचाललाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले शुभकामना सहित बिदाइ गरेका छन् ।रुचालले ४ भदौमा कम्बोडियाको नोम पेन्हमा आयोजना हुने प्रोफेसनल फाइटमा घरेलु खेलाडी थुन इङ्गलेसंग प्रतिस्पर्धा गर्नेछन् । रुचालको प्रशिक्षकमा विजय लामा छन् ।

रुचाल आज थाइल्यान्ड प्रस्थान गर्नेछन् । जहाँ उनले थाइल्यान्डको टप फाइट मुवा थाई जिममा १ हप्ता प्रशिक्षण लिने कार्यक्रम रहेको छ । एक हप्ताको प्रशिक्षणपछि रुचाल ४ गते हुने प्रतिस्पर्धाका लागि कम्बोडिया प्रस्थान गर्ने छन् । 

बिदाइ कार्यक्रममा नेपाल मुवा थाई संघका केन्द्रिय अध्यक्ष गणेश कक्षपती लगायतको उपस्थिति रहेको थियो ।  

प्रतिक्रिया दिनुहोस