बिमान स्थल छेउका घरका कारण भरतपुरको उडान जोखिममा

प्रकाश सिग्देल

मंगलबार, २४ साउन २०७९, १५ : ०८
बिमान स्थल छेउका घरका कारण भरतपुरको उडान जोखिममा

चितवन । भरतपुर विमानस्थल तराईको लुक्लाका रुपमा चिनिन थालेको छ । विमानस्थलको दक्षिणपूर्वमा बनेका घरहरु र उत्तर पश्चिम तर्फ रहेको नेपाली सेनाको घोडा फार्म र अग्ला रुखहरुका कारण विमानस्थलमा उडान अवतरण गर्नु जोखिमका रुपमा रहेको चालकहरु बताउँछन् ।  भरतपुर विमानस्थलको दक्षिणपूर्वतिरबाट अवतरण गर्दा विमानले झण्डै झण्डै नजिकका घरहरु छुन खोजे जस्तो हुन्छ ।

बिमानस्थललाई सुरक्षित र रात्रिकालिन उडान गराउन दुईतिरको अवरोध हटाए र रनवे बढाउन आवस्यक देखिएपनि यसका बिषयमा ठोस प्रगती हुन नसेकेको भरतपुर विमानस्थलका प्रवन्धक परवेज आलम सिद्धीकीले बताए ।

यो वमानस्थल सुरक्षित र रात्रिकालिन उडान गर्ने बनाउँन विमानस्थल वरिपरिका ठुला होटल र करिव ५४ वटा घर तत्काल भत्काउनु पर्ने उनको भनाई छ । नजिक रहेको घोडाफार्मलाई हटाएर १५ सय मिटरको रनवे बनाउँन सके बिमान स्थललाई रात्रिकालिन सञ्चालन गर्न सकिने सिद्धीकीले बताए । 


 

नेपाल सरकारले भरतपुर विमानस्थलको रनवे विस्तार र टर्मीनल भवन निर्माणकालागी यस आर्थीक वर्षमा १२ करोड बजेट बिनियोजन गरेको छ । तर नेपाली सेनाको घोडा फार्म कसरी हटाउने र कहाँ सार्ने भन्ने बिषय एकिन नहँुदा विमानस्थल विस्तारको काम हुने नहुने अन्योल देखिन्छ ।

तत्कालीन विमानस्थल प्रमुख बच्चुराम श्रेष्ठ संयोजक रहेको अध्ययन समितिले ०७१ जेठमा बुझाएको प्रतिवदेनमा भरतपुर विमानस्थल वरपर मापदण्ड विपरीत २५७ घर बनेको उल्लेख छ । समितिले नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन २०५३ को दफा ७ को उपदफा १ र २ विपरीत घर बनेका भन्दै ती घरहरु तत्काल भत्काउँन सुझाव दिएको थियो । तर अहिले सम्म ति अवैद्ध बनेका संरचना भत्काउन नसक्दा विमानस्थल जोखिममा रहेको छ । विमानस्थलको दक्षिणपूर्वका १ सय बढि घर  ५०० मिटर नजिक रहेका छन् ।

६२ बिघाहामा फैलिएको भरतपुर विमानस्थलको धावनमार्ग ११ सय ९२ मिटर लामो र ३० मिटर चौडा छ । विमानस्थलमा ठूला जहाज अवतरण गराउन कठिन भएकाले साना विमानहरु मात्रै चल्ने गरेका छन् । जसले गर्दा यहाँ बुद्ध एयरको मनोपलि छ भने यात्रुहरुले चर्को भाडा तिर्नु पर्ने बाध्यता छ । छिमेकी जिल्लाहरु मकवानपुर र नवलपरासीका जनता काठमाडौंसँग जोडिने सबैभन्दा छिटो माध्यम पनि हो भरपुर विमानस्थल ।

 

प्रतिक्रिया दिनुहोस