धनुषा । पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको वीरेन्द्रबजारमा यात्रुवाहक बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् ।
घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर छ । काठमाडौंबाट काकड्भिटातर्फ जाँदै गरेको प्रदेश ३-०१-००५ ख ९७१९ नम्बरको बस वीरेन्द्रबजारको गोलघर नजिक दुर्घटना भएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनामा परी गम्भीर घाइते भएका पाँचै जनाको प्रादेशिक अस्पतालमा जनकपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय भरतपुर धनुषाका प्रहरी नायव निरीक्षक मनोज कर्णले बताए । सामान्य घाइते भएकाहरुको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २३ साउन २०७९, १० : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुपन्देहीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु
रौतहटमा ट्रक र कार ठोक्किँदा वृद्धको मृत्यु, दुई जना घाइते
काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना, २२ यात्रु घाइते
उदयपुरमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
ट्रक र स्कुटर आपसमा ठोक्किँदा दुई जनाको मृत्यु
सवारी दुर्घटनामा पत्रकार वीरेन्द्र आचार्यको निधन