धनुषा । पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको वीरेन्द्रबजारमा यात्रुवाहक बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् ।
घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर छ । काठमाडौंबाट काकड्भिटातर्फ जाँदै गरेको प्रदेश ३-०१-००५ ख ९७१९ नम्बरको बस वीरेन्द्रबजारको गोलघर नजिक दुर्घटना भएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनामा परी गम्भीर घाइते भएका पाँचै जनाको प्रादेशिक अस्पतालमा जनकपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय भरतपुर धनुषाका प्रहरी नायव निरीक्षक मनोज कर्णले बताए । सामान्य घाइते भएकाहरुको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २३ साउन २०७९, १० : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना, ६ जना घाइते