तरलता अभावका बीचमा पनि सिद्धार्थ बैंकको सन्तोषजनक प्रगति

सफल खबर संवाददाता

आइतबार, २२ साउन २०७९, १६ : १२
तरलता अभावका बीचमा पनि सिद्धार्थ बैंकको सन्तोषजनक प्रगति

काठमाडौं । सिद्धार्थ बैंकले आ.व. २०७८/७९ मा रु. ३ अर्ब भन्दा बढी खुद मुनाफा आर्जन गरी आफ्ना शेयरधनीहरुलाई रु. २५.७१ प्रति शेयर आम्दानी दिन पनि सफल भएको छ । बैंकको रु. १२ अर्ब ५२ करोडको चुक्ता पुँजी र रु. २१ अर्ब ९१ करोडको कुल इक्विटी रहेको छ । 

यस्तै बैंकले आ.व. २०७८/७९ मा मात्र प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल २ अर्ब ९० करोड भन्दा बढी नेपाल सरकारको राजस्वमा योगदान पु¥याएको छ । वित्तीय प्रणालीमा देखापरेको असहज परिस्थितिका बावजुद बैंकले आ.व. २०७८/७९ सम्ममा रु. १ खर्ब ९६ अर्ब निक्षेप संकलन गरी रु. १ खर्ब ८६ अर्बको कर्जा प्रवाह गर्न सफल भएको जनाएको छ ।  त्यस्तै आ.व. २०७८/७९ मा २ लाख ५० हजार भन्दा बढी नयाँ ग्राहकहरू बंैकिङ्ग सेवामा आबद्ध गरी कुल १४ लाख भन्दा बढी ग्राहकहरुलाई बंैकिङ्ग सेवा प्रदान गरिरहेको बैंकले जनाएको छ । यसै गरी बैंकले आफ्नो ग्राहकहरु मध्ये ६ लाख ५० हजार भन्दा बढी ग्राहकहरुलाई मोबाईल बंैकिङ्ग सेवा, ५ लाख ४५ हजार भन्दा बढी ग्राहकहरुलाई डेबिट कार्ड सेवा र ३० हजार भन्दा बढी ग्राहकहरुलाई क्रेडिट कार्ड सेवा प्रदान गर्दै आएको जनाएको छ । 

बैंकले लगानीलाई उत्पादनमुलक क्षेत्रतर्फ केन्द्रित गर्दै अर्थतन्त्रकै महत्वपूर्ण आधार मानिएका कृषि, पर्यटन, उर्जा तथा औद्योगिक उत्पादनका क्षेत्रमा बैंकले उल्लेख्य कर्जा लगानी गरेको छ । त्यसैगरी लघु, साना तथा मझौला स्तरका उद्यम व्यवसायलाई लक्षित गरी कर्जा लगानी गर्ने नीति अवलम्बन गरी सोही अनुसार बैंकले कर्जा प्रवाह गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस