सौराहका बाल गायक प्रिन्स सिलवालको ‘बुट्टेसारी चर्चाको शिखरमा , चर्चीत कलाकार काउलीबुढी बनिन हजुरआमा

प्रकाश सिग्देल

आइतबार, २२ साउन २०७९, १४ : १७
सौराहका बाल गायक प्रिन्स सिलवालको ‘बुट्टेसारी चर्चाको शिखरमा , चर्चीत कलाकार काउलीबुढी बनिन हजुरआमा

चितवन । भड्किलो हारितालिका तिज प्रति ब्यागं गर्दै बाल गायक प्रिन्स सिलवालले  ‘बुट्टेसारी नामक म्युजिक भिडियो सार्वजनिक गरेका छन् । तिज पर्वलाई लक्षित गरेर गायक सिलवालले यो म्युजिक भिडियो  बाहिर ल्याएका हुन् । एक महिनाअघिदेखि महिलालाई तिज लाग्ने र त्यसले गर्दा घरमा बालबालिकालाई परेको असरको कथा बस्तु गितमा समेटिएको छ ।  

परिवारको खुसिका लागि बाध्यताले बिदेशिनु परेको बुबा, भड्किलो बन्दै गएको तिजमा आमाको रमझम  र छोरा छोरी बीचका खटपटको विषयमा गीतमा निकै मार्मीक रुपमा समेटिएको छ ।

प्रिन्सको बुट्टे सारी बोलको तीज गीत बिहीवार उनकै युटुब च्यानल ‘प्रिन्स सिलवाल अफिसियल’बाट सार्वजनिक भएको हो । अहिले यो गित निकै रुचाईएको छ । स्वर शब्द संगित तथा म्युजिक भिडियो पनि निकै स्तरिय भएकाले म्युजिक भिडियो दर्शकहरुले निकै मन पराएका छन् । म्युजिक भिडियोमा गायक सिलवालको हजुरआमाको भूमिकामा सन्ध्या बुढा (काउलीबुढी) र आमाको भूमिकामा नम्रता शर्माले अभिनय गरेका छन् ।  यो गीतमा  बालक सिलवाललाई सन्ध्याले साथ दिएकी छन् । सीताराम सिलवालको शव्द,अर्जुन पोखरेलको संगीतलाई अदेश गुरुमछानले एरेन्ज गरेका हुन।

सन्तोष राजभक्तको कोरियोग्राफी रहेको भिडियोमा माधव शर्माले निर्देशन गरेका छन् भने गीतलाई छायांकन तथा सम्पादन अनिल कटुवालले गरेका हुन ।  बावुको सानै देखिको गित संगित प्रतिको तिब्र चाहाना रहेकाले यस पटक तिजको गित सार्वजनिक गरिएको गाएकका बुबा रमेश शिलवालले बताए ।  काठमाडौँको सेरोफेरोमा गीतको छायाँकन गरिएको हो । यसअघि गायक सिलवालको दसैँ मनाउने हो, माया लाग्छ नेपालको, सरोज खनालको अभिनय रहेको बाबा, ट्राफिक हाम्रै साथी बोलको जनचेतनामूलक गीत सार्वजनिक भइसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस