राजनीति गर्न सजिलो छैन : माधव नेपाल

सफल खबर संवाददाता

शुक्रबार, २० साउन २०७९, १९ : ४४
राजनीति गर्न सजिलो छैन : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजनीतिक यात्रा सजिलो नभएको बताएका छन् । शुक्रबार ललितपुरमा स्नेहलता जीवन कथाका पानाहरु जीवन संस्करण पुस्तकको लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले पुराना महिला योद्धाहरुलाई राजनीति गर्न धेरै गाह्रो भएको स्मरण गर्दै अहिले पनि राजनीति गर्ने काम सजिलो नभएको बताए । अध्यक्ष नेपालले अझैपनि राजनीति सजिलो रुपमा गर्न सम्भव नभएको बताए ।

उनले राजनीतिमा धेरै चुनौतीको सामना गर्नुपर्ने बताए । अध्यक्ष नेपालले जनताको सेवा गर्ने, समाज परिर्वतन गर्ने र देशको गरिमालाई माथि उठाउने पुराना योद्धाहरुको आचारण अनुरुपमा राजनीतिक उदेश्य राख्नुपर्ने बताए ।

उनले भने, ‘पुराना महिला योद्धाहरुलाई राजनीति गर्न धेरै गाह्रो थियो । राजनीति गर्ने कुरा सजिलो हुँदैन । अहिलेसम्म पनि देखिन्छ । राजनीति सजिलो यात्रा होइन । सजिलो गरी सम्भव छैन । राजनीतिमा धेरै चिजहरुको चुनौती सामान गर्नुपर्छ । तर सबैभन्दा ठूलो कुरा के हो भने राजनीतिकको उद्देश्य जनताको सेवा गर्ने हो,समाज परिवर्तन गर्ने र देशको गरिमालाई माथि उठाउने हो भने त्यही अनुसारको आचारण हुनुपर्छ ।’

उनले थपे, ‘कम्युनिष्ट पार्टीका संस्थापक नेताहरुलाई सम्झिरहेको छु । पुराना योद्धाहरुबाट हामीले प्रेरणा लिन, सम्मान गर्न र उहाँहरुको योगदानको प्रसंशा गर्नसक्यौं भने इतिहासको कदर गरेको ठहरिन्छ । हामीले इतिहासको कदर गर्नसक्यौ भने भविष्यले वर्तमानको कदर गर्नेछ ।’

अध्यक्ष नेपालले पुराना योद्धाहरुबाट प्रेरणा लिन,सम्मान गर्न र उनीहरुको योगदानको प्रसंशा गर्न सकेमात्र इतिहासको कदर गरेको ठहरिने बताए । उनले अहिलेका राजनीतिक नेतृत्वले इतिहासको कदर गर्नसक्यो भने मात्रै भविष्यले वर्तमानको कदर गर्ने उल्लेख गरे ।

 

प्रतिक्रिया दिनुहोस