अस्ट्रेलिया पलायन हुने विमल छैटौं नेपाली फुटबल खेलाडी

सफल खबर संवाददाता

शुक्रबार, २० साउन २०७९, १६ : १९
अस्ट्रेलिया पलायन हुने विमल छैटौं नेपाली फुटबल खेलाडी

काठमाडौं । पछिल्लो समय नेपाली फुटबल खेलाडी विदेशिने क्रम बढिरहेको छ । यी खेलाडीको सूचीमा थपिएका छन् विमल राना ।राष्ट्रिय टोलीबाट खेलिसकेका फरवार्ड विमल अस्ट्रेलिया गएका हुन् । गत सिजन मनाङ मर्स्याङ्दी क्लबबाट सहिद स्मारक ‘ए’ डिभिजन लिग खेलेका उनी नेपालमा फुटबल खेल नभएपछि विदेशिएका हुन् ।

योसँगै उनी यो वर्ष अस्ट्रेलिया पलायन हुने छैटौं नेपाली फुटबल खेलाडी बनेका छन् । केही समयअघि मात्रै राष्ट्रिय टोलीका सदस्य दर्शन गुरुङ, सन्तोष तामाङ र नवीन गुरुङ अस्ट्रेलिया पुगेका थिए ।त्यस्तै, वर्षको सुरुवातमै आशिष लामा र सुमन लामा पनि अस्ट्रेलिया पलायन भइसकेका छन् । विमलले २०७५ चैतमा कुवेतविरुद्धको मैत्रीपूर्ण खेलमार्फत राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस