सपना देख्न प्रेरित गर्ने बाल चित्रकथा ‘सपनाको व्यापारी’ प्रकाशित

सफल खबर संवाददाता

शुक्रबार, २० साउन २०७९, १५ : ५९
सपना देख्न प्रेरित गर्ने बाल चित्रकथा ‘सपनाको व्यापारी’ प्रकाशित

काठमाडौं । टर्किस लेखक मिनिके गिन्युसको बाल चित्रकथा ‘सपनाको व्यापारी’लाई कथालयले प्रकाशन गरेको छ । नेपालीमा भाषामा अनुवाद कथालाय इन्कका डाइरेकटर राजीवधर जोशीले गरेको यसमा वागर अघाईका चित्र समावेश छन् ।

यो मूलतः चराहरूको कथा हो । सँगसँगै कथाका लेखक आफै पनि पात्रका रूपमा उपस्थित छन् । कागहरूको देशमा सपनाका व्यापारी चरा आउने कुराले सानोपंखी चरा निकै फुरुंग परेको छ । किनकि ऊ सानो भए पनि उसका सपना निकै ठूला छन् ।

सानोपंखी चरा सपनाका व्यापारी आउने कुराबारे बुझ्न उल्लुकाकालाई सोध्न पुग्छ । त्यसपछि उनीहरू अघि बढ्छन् । एकाएक आकाशमा रंगीबिरंगी चराहरू देखा पर्छन्, ती बिस्तारै कागहरूको देशमा आइपुग्छन् । बहुमूल्य सामान लिएर आएका ती सपनाका व्यापारीले सबैलाई आफ्नो रुचिअनुसारको सामान बेचेर फर्कन्छन् । ठूलाठूला सपना बोकेर हिँड्ने सानोपंखीको रोजाइमा कुन सामान पर्यो होला ? के त्यसबाट ऊ खुसी भयो होला ?
 

प्रतिक्रिया दिनुहोस