रुपन्देहीको तिलोत्तमा जग्गा नापजाँच सुरु

सफल खबर संवाददाता

शुक्रबार, २० साउन २०७९, १४ : ३२
रुपन्देहीको तिलोत्तमा जग्गा नापजाँच सुरु

रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा राष्ट्रिय भूमि आयोगले अवस्थित  बसोवासीहरुको जग्गा नापजाँच कार्य सुरु गरेको छ । शुक्रबारदेखि नगरपालिकाको तीन नम्बर वडामा एक समारोहकाबीच नापजाँच सुरु गरिएको हो ।

राष्ट्रिय भूमि आयोग रुपन्देहीका अध्यक्ष हरि बहादुर आर्चाय क्षेत्रीले रुपन्देहीका दश वटा पालिकाहरूका नापजाँच गर्ने कार्यक्रमअनुसार आजदेखि तिलोत्तमामा सुरु भएको बताए । 

उनले छिट्टै  नापजाँचको काम सम्पन्न गरी समस्याको रूपमा रहेको दलित, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरुलाई  लालपुर्जा  वितरण गर्ने बताए । कार्यक्रममा तिलोत्तमा नगरका नगर प्रमुख रामकृष्ण खाँणले  सुकुम्वासी समस्यालाई सबै मिलेर  समाधान गर्नुपर्ने बताए । उनले नगरको अन्य आधारभूत कार्यका लागि हातेमालो गरेर अगाडि बढ्ने बताए । 

प्रतिक्रिया दिनुहोस