फिफाको नयाँ बरियता : नेपाल १६१ औँ स्थानमा, जर्मनी शीर्ष स्थानमा

शुक्रबार, २५ जेठ २०७५, १५ : ०५
फिफाको नयाँ बरियता : नेपाल १६१ औँ स्थानमा,  जर्मनी शीर्ष स्थानमा

विश्व फुटबलको प्रशासकीय निकाय फिफाले सार्वजनिक गरेको बरियतामा नेपालले तीन स्थान सुधार गरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको विश्व बरियतामा नेपाल तीन स्थान सुधार गर्दै १६१ औँ स्थानमा उक्लिएको छ ।

फिफाले विश्वकप फुटबलअघि सार्वजनिक गरेको यो अन्तिम बरियता हो । यसपछि अब रुसमा सात दिनपछि सुरु हुने विश्वकप फुटबल सकिएपछि फिफाले नयाँ बरियता सार्वजनिक गर्नेछ ।

दक्षिण एसियामा भारत सबैभन्दा अगाडि रहेको छ । भारत ९७ औँ स्थानमा कायम छ । यस्तै अफगानिस्तान १४५, माल्दिभ्स १५०, भुटान १८३, बंगलादेश १९४, श्रीलंका २०० र पाकिस्तान २०१ औँ स्थानमा छ । दक्षिण एसियामा नेपाल चौथो स्थानमा छ ।

विश्व बरियतामा जर्मनी शीर्ष स्थानमा कायम छ । दोस्रो स्थानमा ब्राजिल, तेस्रो स्थानमा बेल्जियम, चौथो स्थानमा पोर्चुगल, पाँचौँ स्थानमा अर्जेन्टिना, छैटौँमा स्वीट्जरल्याण्ड, सातौँमा फ्रान्स, आठौँमा दुई स्थान सुधार गरेको पोल्याण्ड, नवौँमा चिली र दशौँ स्थानमा दुई स्थान तल झरेको स्पेन रहेका छन् । शीर्ष १० मा रहेका मध्ये चिलीले मात्रै यो पटक विश्वकप खेल्ने छैन ।

 

प्रतिक्रिया दिनुहोस