मन्त्रिपरिषद्को बैठक बस्दै, निर्वाचन मिति घोषणाको तयारी

सफल खबर संवाददाता

विहीबार, १९ साउन २०७९, ०९ : ५७
मन्त्रिपरिषद्को बैठक बस्दै, निर्वाचन मिति घोषणाको तयारी

काठमाडौं । संघीय संसदको निर्वाचनको मितिका बारेमा छलफल गर्नका लागि आज मन्त्रिपरिषद्को बैठक बस्दैछ ।

बैठक दिउँसो १ बजे बस्ने सहरी विकास मन्त्री मेटमणि चौधरीले जानकारी दिए । मन्त्री चौधरीले भने- 'प्रतिनिधि सभा चुनावको मितिबारे निर्णय हुने संभावना छ । अन्य मन्त्रालय गत एजेन्डाहरूमा पनि छलफल हुन्छ ।'

त्यसअघि आजै बिहान सत्ता गठबन्धनका दलहरूको बैठक बस्ने भएको छ । गठबन्धनको हिजो बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिर ४ मा निर्वाचन गर्न प्रस्ताव गरेका थिए ।

गठबन्धनका अन्य दलहरूले भने पार्टीमा आन्तरिक छलफलपछि निर्णय लिने प्रस्ताव गरेपछि आज बैठक बस्न लागेको हो ।