काठमाडौं । संघीय संसदको निर्वाचनको मितिका बारेमा छलफल गर्नका लागि आज मन्त्रिपरिषद्को बैठक बस्दैछ ।
बैठक दिउँसो १ बजे बस्ने सहरी विकास मन्त्री मेटमणि चौधरीले जानकारी दिए । मन्त्री चौधरीले भने- 'प्रतिनिधि सभा चुनावको मितिबारे निर्णय हुने संभावना छ । अन्य मन्त्रालय गत एजेन्डाहरूमा पनि छलफल हुन्छ ।'
त्यसअघि आजै बिहान सत्ता गठबन्धनका दलहरूको बैठक बस्ने भएको छ । गठबन्धनको हिजो बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिर ४ मा निर्वाचन गर्न प्रस्ताव गरेका थिए ।
गठबन्धनका अन्य दलहरूले भने पार्टीमा आन्तरिक छलफलपछि निर्णय लिने प्रस्ताव गरेपछि आज बैठक बस्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ साउन २०७९, ०९ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निजामती सेवा १६औँ संशोधन नियमावली स्वीकृत गर्ने मन्त्रिपरिषद्को निर्णय
ओजन तह संरक्षणसम्बन्धी मन्ट्रियल प्रोटोकल कार्यान्वयन सम्झौता स्वीकृत
बजेट पारित गर्न आज मन्त्रिपरिषद्को बैठक बस्दै
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनः स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पठाउने सरकारको निर्णय
मन्त्रिपरिषद्को बैठक आज बस्दै
डिजिटल नेपाल र दिगो वित्तका लागि ९० मिलियन अमेरिकी डलर सहुलियत ऋण स्वीकृत