काठमाडौँ । कपनको भृकुटी चोकबाट हुण्डी कारोबारमा संलग्नरहेको आशंकामा बुधबार राति एक जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग कपन र प्रहरीवृत्त बौद्धको प्रहरीको संयुक्त टोलीले २४ बर्षिया धावा घ्याल्चेनलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार सादा पोशाकमा खटेको प्रहरीले गोरखा चुमनुव्री गाउँपालिका घर भइ हाल काठमाडौँ तीनचुली बस्ने वर्ष २४ को धावा घ्याल्चेनलाई बुधबार राति पक्राउ गरेको हो।
बुधबार साँझ भृकुटीचोक सडकखण्डमा जाँचका क्रममा बा ९९ प ७२०४ नम्बरको मोटरसाइकलमा सवार घ्याल्चेनलाई स्रोत नखुलेको ३२ लाख र घ्याल्जेनको कोठमा समेत जाँच गर्दा १७ लाख ५० हजार गरी ४९ लाख ५० हजार रुपैयाँ बरामद भएको प्रहरीले जानकारी दिएको छ।
पक्राउ परेका घ्याल्चेन नातामा काका पर्ने खेम्बु निङ्मा दोर्जे हाल ताइवानमा रहेको र काकाले उतावाट पैसा पठाउने गरेको प्रारम्भिक वयान प्रहरीलाई दिएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ साउन २०७९, ०९ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ब्राउन सुगरसहित दुई जना पक्राउ
गैरकानुनी रूपमा चिकित्सा अभ्यासमा संलग्न व्यक्ति पक्राउ
लागु औषध मुद्दाका दुई फरार प्रतिवादी पक्राउ
वडाध्यक्षलाई हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
वडाध्यक्षलाई हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ