जनकपुरधाम । सर्लाहीमा हत्या आरोपमा दुई युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको हरिपुर्वा नगरपालिका ३ धनकौलका १८ वर्षीय अजयकुमार यादव र १९ वर्षीय कृष्ण भन्ने विश्वजित यादव रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
साउन १३ गते बेलुकाबाट बेपत्ता भएका स्थानीय १९ वर्षीय सुशील रायको शव १६ गते बिहानको समयमा श्री राष्ट्रिय आधारभुत विद्यालय धनकौलको कम्पाउण्डको पश्चिमतर्फ रहेको पुरानो शौचालयको सेफ्टी ट्यांकीमा फेला परेको थियो।
सुशीलको टाउँको, कन्चट, घाँटी तथा हात समेतमा धारिलो हतियार छिनो समेतले प्रहार गरी बीभत्स हत्या गरिएको अवस्थामा शव फेला परेको थियो।
यस घटनामा अनुसन्धानको क्रममा दुवै युवकलाई पक्राउ गरिएको हो। जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा म्याद लिई थप अनुसन्धान थालेको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ साउन २०७९, ०८ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ब्राउन सुगरसहित दुई जना पक्राउ
गैरकानुनी रूपमा चिकित्सा अभ्यासमा संलग्न व्यक्ति पक्राउ
लागु औषध मुद्दाका दुई फरार प्रतिवादी पक्राउ
वडाध्यक्षलाई हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
वडाध्यक्षलाई हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ