मधेस सरकारको साइकल खरिदमा भ्रष्टाचार भएको आयोगको ठहर, मुद्दा दर्ता

सफल खबर संवाददाता

बुधबार, १८ साउन २०७९, २० : ३२
मधेस सरकारको साइकल खरिदमा भ्रष्टाचार भएको आयोगको ठहर, मुद्दा दर्ता

काठमाडौँ । मधेश प्रदेश सरकारको ‘बेटी पढाऊ, बेटी बचाउ’ कार्यक्रमका लागि साइकल खरिद गर्दा भ्रष्टाचार भएको ठहर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छ।

उजुरी छानबिन गर्दा भ्रष्टाचार भएको पाइएपछि आयोग विशेष अदालत काठमाडौँमा बिहीबार मुद्दा दर्ता गरेको छ।आयोगले साइकल खरिदमा भ्रष्टाचार भएको दाबी गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका तत्कालीन सचिव यमप्रसाद भुसाल, उपसचिव दिलीप प्रधान, सिडिइ भगवान झा, सहलेखा पाल राजाराम मण्डल, जिन्सी शाखा प्रमुख राम स्वार्थ महतोसहित १० कर्मचारी र एक कम्पनीलाई विपक्षी मुद्दा दर्ता गरेको हो।

‘बेटी पढाऊ, बेटी बचाउ’ कार्यक्रमका लागि दुई चरण गरी खरिद भएका २७ हजार साइकलको रकममा अनियमितता भएको आयोगको दाबी छ। १७ हजार साइकल खरिद गर्दा तोकिएको ब्रान्डलाई छाडेर ब्रान्ड नै नखुलेको साइकल खरिद गरिएको र १० हजार साइकल खरिद गर्दा योग्यता नपुगेको कम्पनी छनोट गरिएको पाइएको आयोले अभियोग पत्रमा उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस