काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीअन्तर्गत रहेका सम्पूर्ण भातृ सङ्गठनलाई चुस्तदुस्तरूपमा अगाडि बढाउन आग्रह गरेका छन्।
काठमाडौँ महानगरपालिका–८ एकाइ समितिद्वारा आयोजित क्रियाशील सदस्यसँग अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले भातृ सङ्गठनलाई आगामी संसदीय निर्वाचन लक्षित गरी अगाडि बढाउन आवश्यक रहेको बताए।
संसद्मा जल्दा बल्दा विषयवस्तुप्रति कांग्रेसले आफ्नो पार्टीगत धारणा बनाउने जनाउँदै उनले युवापुस्तालाई राजनीतिमा अग्रसर गराउन आवश्यक रहेकोसमेत सुनाए। बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले नेतृत्वले पार्टीभित्रै रहेर पनि फरक मत राख्ने नेता, कार्यकर्तालाई समेट्दै अगाडि बढ्नुपर्नेमा जोड दिए ।
काठमाडौँ महानगरपालिका–८ का वडाध्यक्ष आशामान सङ्गतले फोहरमाथि महानगरभित्रै राजनीति भइरहेको र सरकारले नै फोहर व्यवस्थापनमा अग्रणी भूमिका खेल्नुपर्ने बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १७ साउन २०७९, ११ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘क्रियाशील सदस्यता अद्यावधिक नगर्नेहरूलाई पार्टीका रूपमा चिन्दैन’: गगन थापा
काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
रास्वपा महाधिवेशन सफलताको कामना गर्दै गगन थापाले दिए यस्तो शुभकामना
कर नीति र बजेटले मध्यम वर्गलाई थप मारमा पार्यो : गगन थापा
प्रधानमन्त्रीले सदनमा माफी माग्नुपर्छ : गगन थापा
‘नागरिकको सर्वोच्चता काँग्रेसको पहिलो प्राथमिकता हो’: गगन थापा