काठमाडौं । आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सोमबारको तुलनामा आज सुनको मूल्य बढेको हो ।
हिजो सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ४०० रुपैयाँ थियो । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ९०० रुपैयाँ थियो । जुन, २०० रुपैयाँले बढ्दै छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९६ हजार १०० रुपैयाँ छ ।
महासंघले हिजो सोमबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको जानकारी दिएको थियो । आइतबार छापावाल सुनको मूल्य तोलामा ९५ हजार ८०० र तेजाबी सुनको मूल्य ९५ हजार ३०० रुपैयाँ थियो । जुन, हिजो सोमबार ४०० रुपैयाँले घटेको हो ।
यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ । महासंघले आज चाँदीको मूल्य प्रतितोला १२ सय २० रुपैयाँ कायम रहेको जनाएको छ । हिजो सोमबार पनि यही मूल्यमा चाँदीको कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १७ साउन २०७९, ११ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?
सुनको मूल्य एकैदिन २० हजार ५ सयले बढ्यो, कतिमा हुँदैछ खरिदबिक्री ?
पूर्व अमेरिकी सरकारी अधिकारीको घरमा ४ करोड डलरको सुन भेटिएपछि...
सुनको भाउ आज थप घट्यो, चाँदी महँगियो, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?
भारतले सुन–चाँदीको आयात महसुलमा भारी वृद्धि