काठमाडौँ । लगातारको वर्षाका कारण पहिरो खसेर नारायणगढ-मुग्लिन र पृथ्वी राजमार्ग अवरुद्ध छन्। सोमबार राति ११ बजेदेखि सडक अवरुद्ध भएका हुन्।
नारायणगढ-मुग्लिन सडकअन्तगर्तको भरतपुर महानगरपालिका(२९ केराबारी र सत्रकिलोमा खसेको पहिरो पन्छाउने काम भइरहेको छ।
ईच्छाकामना गाउँपालिका-६ को २ र ३ नम्वर पुलको बीचमा खसेको पहिरो पन्छाएर सकिएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी रविन विष्टले जानकारी दिए।
पृथ्वी राजमार्गअन्तर्गत ईच्छाकामना-३ कुरिनघाटमा बिहान ८ः५० बजे खसेको पहिरो पन्छाउने काम सुरु भएको उनले बताए। पहिराले राजमार्ग दुवैतर्फ अवरुद्ध भएको छ। लोडरको प्रयोग गरेर बाटो खुलाउने प्रयास भइरहेको उनले जानकारी दिए।
इलाका प्रहरी कार्यालय मुग्लिनबाट खटिएको टोलीले सडक विभागसँग समन्वय गरी बाटो खुलाउने प्रयास गरेको हो। लगातार पानी परिरहेकाले अन्य स्थानमा पनि पहिरो जाने जोखिम रहेकाले वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले सुझाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १७ साउन २०७९, ०९ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पहिरोले अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालन
म्यान्माको खानीमा पहिरो जाँदा ३२ जनाको मृत्यु
सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध
काभ्रेमा बाढी पहिरो : एक सय खानेपानी आयोजनाको एक अर्ब बराबरको क्षति
सुक्खा पहिरो खसेपछि कटारी-घुर्मी सडक अवरुद्ध
सञ्चालनमा आयो पहिरोले अवरुद्ध सडक