काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको स्वास्थ्यमा समस्या देखिएपछि अध्यादेश जारी गर्न बस्ने तयारी भएको मन्त्रिपरिषद् बैठक स्थगित गरिएको छ ।
प्रदेश सरकारले गत फागुनमा जारी ५ अध्यादेश मध्ये ४ वटा अध्यादेश फेल भएपछि पुनः अध्यादेश ल्याउने गरी तयारी भइरहेको थियो ।मुख्यमन्त्री पाण्डेले फेल भएका ४ अध्यादेशलाई मन्त्रिपरिषदबाट स्वीकृती प्रदान गर्न बैठक आह्वान गरेका थिए। तर, बैठक केही समय अघि सूचना प्रवाह गर्दै मुख्यमन्त्री पाण्डेले एक साताका लागि मन्त्रिपरिषद नबस्ने गरी स्थगन गरेका हुन ।
मुख्यमन्त्री पाण्डेलाई रुघा खोकी र ज्वरोको संक्रमण देखिएपछि चिकित्सकले एक साता आराम गर्न सुझाव दिएका छन् । चिकित्सकको सुझाव अनुसार मुख्यमन्त्री पाण्डे एक साताको लागि काठमाडौंस्थित घरमा बेड रेष्टमा छन ।
अस्वस्थ भएपछि उनले कोभिड–१९ संक्रमणको परिक्षण समेत गराएका छन। उनको कोभिड–१९ संक्रमण परीक्षणको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ भने एन्टिजेन परीक्षणको रिपोर्ट भने पोजिटिभ आएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १६ साउन २०७९, १७ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमती प्रदेशभित्रका सबै पत्रकारको निःशुल्क स्वास्थ्य बिमा गरिने
मुख्यमन्त्री बानियाँद्वारा मन्त्रिपरिषद् विस्तार, आजै शपथ
बागमती प्रदेशका दुई जिल्ला अध्यक्ष मात्रै ओलीको पक्षमा !
लामाका मन्त्री नियुक्त नगरे बागमतीका मुख्यमन्त्री बानियाँलाई पर्न सक्छ संकट
मुख्यमन्त्री बानियाँले साउन २७ मा विश्वासको मत लिने
बागमतीको मुख्यमन्त्रीमा इन्द्र बानियाँको दाबी पेस