चितवन । पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक दुईतर्फी सुचारु भएको छ । सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ घुमाउने नजिकै लेदोसहित खसेको पहिरो पन्छाएपछि सडक दुइतर्फी सञ्चालनमा आएको हो ।
दुईवटा जेसिभी प्रयोग गरेर पहिरो पन्छाइएको र गन्तव्यमा हिँडेका सवारी साधन गुड्न थालेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब निरीक्षक रविन विष्टले जानकारी दिए । गए रातिदेखि लगातार पानी परिरहेका कारण सो सडकखण्डमा यात्रा गर्दा सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १६ साउन २०७९, ०८ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नारायणगढ–बुटवल सडक : सकियो दाउन्नेमा एकतर्फी ढलान
सडकमा विद्यार्थी संगठन , बालेन सरकारमाथि अधिनायकवादको आरोप
वर्षाका कारण बुटवल–नारायणगढ सडक अवरुद्ध
पाँच किलोमिटर सडक स्तरोन्नति गर्न आठवर्षपछि बजेट
तीन दिनपछि दाउन्ने सडक एकतर्फी खुल्यो
नागढुंगा–मलेखु सडक शुक्रबार र शनिबार खुला