काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले परराष्ट्र सम्बन्धमा व्यक्ति र दल नभई देशलाई केन्द्रमा राखेर अगाडि बढ्नुपर्ने बताएका छन् ।
शनिवार बिहान सामाजिक सञ्जाल ट्विटरमा लेख्दै महामन्त्री शर्माले भूराजनैतिक संवेदनशीलता दृष्टिगत गरेर परराष्ट्र सम्बन्धमा गम्भीर बन्नुपर्ने बताए ।
उनले लेखेका छन्, ‘एसपीपीमा सहभागी नहुने पत्र सरकारले अमेरिकालाई पठाएपछि यो च्याप्टर क्लोज त भयो तर भविष्यमा यस्तो द्वन्द्वमा नेपाल कहिल्यै नपर्न आग्रहमुक्त र परिपक्व दृष्टि निर्माण एवं परिपालनामा हामी सबै गम्भीर बनौं ।
परराष्ट्र सम्बन्धमा व्यक्ति र दल होइन, देशलाई केन्द्रमा राखेर बढौं । हामी पहिला गल्ती गर्छौं, पछि आत्मालोचना, अनि फेरि गल्ती दोहोर्याउँछौं ! नेपालको समुन्नतिका लागि यो परम्परागत बेथिति हरेक क्षेत्रमा अन्त्य गर्न अनिवार्य छ । भूराजनैतिक संवेदनशीलता दृष्टिगत गरेर परराष्ट्र सम्बन्धमा त झनै अनिवार्य छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १४ साउन २०७९, ११ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पराजयको सम्पूर्ण दोष बोक्न तयार छु: विश्वप्रकाश शर्मा
मतदाताको फैसला स्वीकार्य छ : विश्वप्रकाश शर्मा
मतदान पछि विश्वप्रकाश शर्माले भने- भयरहित वातावरणमा मतदान गरौँ
शेरबहादुर देउवालाई विनम्रतापूर्वक आग्रह गरेर नेतृत्व छाड्न लगाएका हौँ : विश्वप्रकाश शर्मा
चुनावपछि काँग्रेस पहिलो पार्टी बन्ने विश्वप्रकाश शर्माको दाबी
‘पहिलो हुने दलको प्रधानमन्त्रीलाई पूरै ५ वर्ष सरकार चलाउने सुनिश्चितता गरौँ’ : विश्वप्रकाश शर्मा