लुम्बिनी । लुम्बिनी प्रदेश सभामा गठित विषयगत समितिका सभापतिहरूले शपथग्रहण गरेका छन् । डेढ वर्षपछि बनेका विभिन्न समितिका सभापतिहरूलाई शुक्रबार एक समारोहका बीच सभामुख पूर्णबहादुर घर्तीले पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् ।
शपथग्रहणसँगै नवनिर्वाचित सभापतिहरूले पदभार ग्रहण गरेको लुम्बिनी प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभामा रिक्त रहेका चार विषयगत समिति सभापति पदका लागि बुधवार मनोनयन गर्ने समयमा चारवटै समितिमा एकल उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएका थिए ।
प्रदेशसभाको महत्त्वपूर्ण मानिने सार्वजनिक लेखा समितिको सभापतिमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका विष्णु प्रसाद पन्थी निर्वाचित भएका छन् । यसैगरी अर्थ,उद्योग तथा पर्यटन समितिको सभापतिमा राष्ट्रिय जनमोर्चाकी तारा जिसी, कृषि वन तथा वातावरण समितिको सभापतिमा नेकपा एमालेकै जाल्पा भुसाल र सामाजिक विकास समितिको सभापतिमा पनि एमालेकै बाबुराम गौतम निर्वाचित भएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १३ साउन २०७९, २१ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनी प्रदेश : २६ निर्वाचन क्षेत्रमध्ये १३ मा मतगणना जारी
यस्ता छन् लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका दुई निर्णय
लुम्बिनी प्रदेशमा प्रधानमन्त्रीले गरिन् निर्वाचन तयारीबारे छलफल
लुम्बिनी प्रदेशमा झण्डै १३ हजार छाडा चौपाया : सर्वेक्षण
लुम्बिनी प्रदेश प्रमुखद्वारा सातौँ अधिवेशन आह्वान
लुम्बिनीका नवनियुक्त युवा तथा खेलकुदमन्त्री पाण्डेले लिए शपथ