लुम्बिनी । लुम्बिनी प्रदेश सभामा गठित विषयगत समितिका सभापतिहरूले शपथग्रहण गरेका छन् । डेढ वर्षपछि बनेका विभिन्न समितिका सभापतिहरूलाई शुक्रबार एक समारोहका बीच सभामुख पूर्णबहादुर घर्तीले पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् ।
शपथग्रहणसँगै नवनिर्वाचित सभापतिहरूले पदभार ग्रहण गरेको लुम्बिनी प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभामा रिक्त रहेका चार विषयगत समिति सभापति पदका लागि बुधवार मनोनयन गर्ने समयमा चारवटै समितिमा एकल उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएका थिए ।
प्रदेशसभाको महत्त्वपूर्ण मानिने सार्वजनिक लेखा समितिको सभापतिमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका विष्णु प्रसाद पन्थी निर्वाचित भएका छन् । यसैगरी अर्थ,उद्योग तथा पर्यटन समितिको सभापतिमा राष्ट्रिय जनमोर्चाकी तारा जिसी, कृषि वन तथा वातावरण समितिको सभापतिमा नेकपा एमालेकै जाल्पा भुसाल र सामाजिक विकास समितिको सभापतिमा पनि एमालेकै बाबुराम गौतम निर्वाचित भएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १३ साउन २०७९, २१ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनीका नवनियुक्त युवा तथा खेलकुदमन्त्री पाण्डेले लिए शपथ
लुम्बिनीका नवनियुक्त युवा तथा खेलकुदमन्त्री पाण्डेले लिए शपथ
जसपाद्वारा लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता
लुम्बिनीमा ११ महिनामा ५९ प्रतिशत मात्रै विकास बजेट खर्च
लुम्बिनी प्रदेशको बजेट मन्त्रिपरिषद् बैठकबाट स्वीकृत
लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशन आजदेखि