साउन ९ गते अमेरिकालाई एसपीपी अघि नबढाउने पत्र पठाइसकेको छ : परराष्ट्रमन्त्री खड्का

सफल खबर संवाददाता

शुक्रबार, १३ साउन २०७९, १२ : ५९
साउन ९ गते अमेरिकालाई एसपीपी अघि नबढाउने पत्र पठाइसकेको छ : परराष्ट्रमन्त्री खड्का

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले अमेरिकाको ‘स्टेट पार्टनरसीप प्रोग्राम’लाई अघि नबढाउने पत्र अमेरिकालाई पठाइसकेको जानकारी गराएका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै मन्त्री खड्काले एसपीपी अघि नबढाउने निर्णय मन्त्रिपरिषदले गरिसकेको स्मरण गराउँदै सोही अनुसार परराष्ट्र मन्त्रालयले कारवाही अघि बढाइसकेको प्रस्ट पारे ।

उनले बैठकमा भने, ‘साउन ९ गते कुटनीतिक माध्यमबाट नेपालले एसपीपी अघि नबढाउने निर्णयसहितको लिखित जानकारी अमेरिकी सरकारलाई गराइसकेको छ ।’

प्रतिक्रिया दिनुहोस