काठमाडौं । जनता समाजवादी पार्टीका सांसद प्रमोद साहले एमालेका सांसदले संघीयता र गणतन्त्रविरोध अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका छन् । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद साहले एमालेका नेतृत्वले संसदमै संघीयता, धर्मनिरपेक्षता र गणतन्त्र विरुद्ध अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका हुन् । यस्ता अभिव्यक्तिलाई निरुत्साहित र कुण्ठित गर्न सभामुख अग्निप्रसाद सापकोटासँग सांसद साहले रुलिङको माग गरे ।
‘विगतदेखि नै एमालेका नेतृत्वको संघीयता, धर्मनिरपेक्षता र गणतन्त्र विरोधी संसदमा अभिव्यक्ति दिइरहेका छन् । गणतन्त्रमा पनि यस्ता आवाज उठ्दा सभामुखले रुलिङ गरेर संघीयता, धर्मनिरपेक्षता र गणतन्त्र विरोधी आवाजलाई कुण्ठित गर्नुपर्छ,’ संसद बैठकमा सांसद साहले भने ।
धर्मनिरपेक्षता, संघीयता र गणतन्त्र विरोधी गतिविधिमा संलग्न भएको भन्दै उनले ४ कात्तिक २०७७ मा तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले भारतीय रअ प्रमुख सामन्त गोयललाई किन भेट्नु परेको भन्दै प्रश्न गरे ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हैसियत नमिल्ने गोयललाई ओलीले भेट्नुको कारण खोज्दै उनले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षविरुद्ध उठ्ने आवाजलाई रोक्नुपर्ने माग गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १३ साउन २०७९, १२ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले महाधिवेशन : पोखरेल समुहबाट कुन पदमा को बन्दैछन् उम्मेदवार ?
ओली प्यानलमा पृथ्वीसुब्बाले छोडे महासचिवको दावी, उपाध्यक्षमा सहमति
एमाले महाधिवेशन : उम्मेदवारी दर्ता आजै, मतदान भोली
एमाले महाधिवेशन: ओलीलाई ईश्वरको चुनौती, आज उम्मेदवारी दर्ता
एमालेको निर्वाचन तालिका सार्वजनिक
एमालेले पार्टी कमिटीलाई पहिलेकै संरचनामा फर्कायो, अब १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी रहने