काठमाडाैँ । सेयर बजार दोहोरो अंकले बढेको छ। उतारचढावका बीच बिहीबार नेप्से परिसूचक १५ अंकले बढ्न पुगेकाे हाे। मौद्रिक नीतियता सुधार देखिएको सेयर बजारमा मंगलबार एकाएक उच्च अंकको गिरावट आएको थियो। त्यसयता पुनः क्रमिक सुधार देखिएको छ।
आज नेप्सेमा सूचीकृत २२१ कम्पनीको एक करोड १९ लाख ५५ हजार ७६ कित्ता किनबेच हुँदा चार अर्ब ९७ करोडमाथिको कारोबार भएको छ।करिब पाँच अर्बमाथिको कारोबार भएको सेयर बजारमा आज सर्वाधिक अरुण काबेली पावरको सेयर खरिद-बिक्री भएको छ। कम्पनीको आज एकैदिन १७ करोड ९६ लाख रुपैयाँ माथिको कारोबार भएको छ।
त्यस्तै, शिवम् सिमेन्ट्सको १५ करोड ८६ लाख, अपर तामाकोसीको १४ करोड १७ लाख, अपी पावरको १३ करोड ४८ लाख र नागरिक लगानी कोषको १३ करोड १७ लाख रुपैयाँमाथिको कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १२ साउन २०७९, १५ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सेयर बजारका सबै सूचक बढे
लगातार तेस्रो दिन घट्यो सेयर बजार
२६ अंकले घट्यो सेयर बजार
नेप्सेमा दोहोरो अंकको गिरावट
घट्यो सेयर बजार
घट्यो सेयर बजार