काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले आर्थिक वर्ष २०७८÷२०७९ मा ३ सय ५१ उजुरीहरू फछ्र्यौट गरेको छ । फछ्र्यौट भएकामध्ये नेपाल सरकारलाई नीतिगत ६ र उजुरगत ८५ गरी कुल ९१ सिफारिस गरेको आयोगले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
फछ्र्यौट गरिएका उजुरीहरूमा ९ वटा खारेजी गरिएको छ भने २ सय ५१ उजुरी तामेलीमा छन् । त्यस्तै गरी ६१ उजुरीहरूमा विभिन्न आदेश गरी पुनः पेश गर्ने निर्णय गरेको छ । पुनः पेश समेत गरी आ.व. २०७८÷०७९ मा आयोगले कूल ४ सय १२ उजुरीहरू उपर निर्णय गरेको प्रवक्ता डा टीकाराम पोख्रेलले जानकारी दिए । सिफारिस गरिएका उजुरीहरू मध्ये सबैभन्दा धेरै ४२ सिफारिस आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारसँग सम्बन्धित रहेका छन् ।
आयोगले स्थापनाकालदेखि नै मानव अधिकार उल्लङ्घनसम्बन्धी घटनाका उजुरीहरू दर्ता, अनुगमन, अनुसन्धान र निर्णय गरी नेपाल सरकारलाई सिफारिसहरू गर्दै आइरहेको छ । आयोगले केन्द्रीय, प्रदेश तथा प्रदेश शाखा कार्यालयहरूमा रहेका उजुरीहरू, उजुरीउपर भएका निर्णय तथा सिफारिसहरूको तथ्याङ्क प्रत्येक वर्ष अद्यावधिक गर्दै आइरहेको छ ।
आयोगमा आर्थिक २०७८÷२०७९ बाट जिम्मेवारी सरेर आएका निर्णय हुन बाँकी कूल उजुरी सङ्ख्या ४ हजार २ सय १४ रहेका छन्
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १२ साउन २०७९, १२ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मानव अधिकार आयोगको प्रतिवेदनप्रति एमाले महासचिव पोखरेलको असन्तुष्टि
जेन जेड आन्दोलनसम्बन्धी मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)
ओली, लेखक र गुरुङलाई कारबाही गर्न मानव अधिकार आयोगको सिफारिस
अनलाइन सञ्चारमाध्यम नियमन कडा बनाउन मानव अधिकार आयोगको सरकारलाई निर्देशन
सुकुम्वासीको अवस्थाबारे जानकारी लिन मानव अधिकार आयोगको टोली स्थलमा
मधेस प्रदेश प्रमुखसमक्ष मानव अधिकार आयोगको प्रतिवेदन पेस