कञ्चनपुर। कृष्णपुर नगरपालिका–३ देखतभुलीबाट दुई थान चितुवाको छालासहित दुई जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा डडेल्धुरा अमरगढी नगरपालिका–३ काडे घर भएकी ४० वर्षीया मालती मल्ल (सेठ्ठी) र सोही नगरपालिका–२ जोसिना घर भएका २९ वर्षीय मोहन सार्की रहेका छन् ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
कृष्णपुर नगरपालिका–३ देखतभुलीस्थित धानबारीमा उनीहरूले उक्त छाला लुकाई राखेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १२ साउन २०७९, ११ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शर्मा एन्ड कम्पनीका अध्यक्ष रमेश शर्मा पक्राउ
भैरवी गाउँपालिकाकी अध्यक्ष शाही पक्राउ
हत्या अभियोगमा तीन युवक पक्राउ
लागु औषधसहित दुई जना पक्राउ
महिलामाथि दुर्व्यवहार गर्ने युवक पक्राउ
रौतहटमा एकल महिलामाथि बोक्सीको आरोपमा अमानवीय व्यवहार, एक जना पक्राउ