काठमाडौँ । नेपालको पहिलो निजी टेलिकम्युनिकेसन सेवाप्रदायक कम्पनी एनसेलले गत आर्थिक वर्षमा मुलुकका लागि साढे ५२ अर्ब रुपैयाँ बराबरको योगदान गरेको छ। ०७८/७९ मा नेपालको अर्थतन्त्रमा ५२ अर्ब ३७ करोड रुपैयाँ योगदान गरेको नेसनल कन्ट्रिब्युसन रिपोर्टमा उल्लेख छ।
कम्पनीले ग्रस भ्याल्यु याडेड भनेको त्यो विशाल रकम देशको कुल गार्हस्थ उत्पादनको १.४ प्रतिशत हो।
एनसेलका कारोबारहरूले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा ३८ अर्ब ८७ करोड रुपैयाँको योगदान गरेको कम्पनीको दाबी छ।त्यस्तै, उसका पुँजी लगानीले ४ अर्ब ७८ करोड रुपैयाँको योगदान गरेको रिपोर्टमा उल्लेख छ।
०७८/७९ मा एनसेलले सरकारलाई २१ अर्ब ७५ करोड रुपैयाँ कर तिरेको जनाएको छ। नेपाल सरकारले उठाउने कुल राजस्वको २.५ प्रतिशत एनसेल एक्लैले योगदान गरेको कम्पनीको तथ्यांक छ।
पाँच वर्षमा मात्र एनसेलले १ खर्ब ४४ अर्ब रुपैयाँ कर तिरेको बताएको छ। नेपालमा सबभन्दा बढी कर तिर्ने कम्पनीको सूचीमा एनसेल शीर्ष ५ भित्र पर्छ।
एनसेलले विगतमा मुलुकको अर्थतन्त्रमा यसभन्दा पनि बढी योगदान गरेको थियो। पाँच वर्षको तथ्यांक हेर्दा एनसेलले गरेको योगदानमा कमी आएको देखिएको छ।
०७३/७४ मा एनसेलले ८१ अर्ब २१ करोड रुपैयाँको योगदान दिएकोमा ०७८/७९ मा त्यो घटेर ५२ अर्ब ३७ करोडमा झरेको छ। यस अवधिमा एनसेलले देशको कुल गार्हस्थ उत्पादनमा गरेको योगदान ३ प्रतिशतबाट १.४ प्रतिशतमा झरेको हो।
नाफामा कमी तथा मोबाइल प्रयोगकर्ताको संख्यामा भएको सुस्त वृद्धिका कारण यो गिरावट देखिएको एनसेलको भनाइ छ।नेसनल कन्ट्रिब्युसन रिपोर्टमा उल्लेख भएअनुसार ०७८/७९ मा एनसेलले ५३८ जनालाई रोजगारी दिएको थियो। नयाँ कुल कर्मचारीमध्ये ९८ प्रतिशत नेपाली हुन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ११ साउन २०७९, १९ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एनसेल फाउन्डेसनले हरेक चौकावापत ४ वटा शैक्षिक सामग्री वितरण गर्ने
एनसेलको सिइओमा माइकल फोले नियुक्त
शुक्रबार एनसेलको सेवा तीन घण्टा अवरुद्ध हुने
एनसेलले भन्यो-‘हामी फेरि उठ्ने छौँ, तपाईँहरू सँगै’