काठमाडौं। काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ बेशीगाउँमा जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई प्रहरीले प्रक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर घर भएका ४४ वर्षीय देव कुमार मोक्तानसहित ६ जना छन् । मोक्तानको घेन्टुक चिया पसलमा जुवातास खेलिरहेको अवस्थामा मंगलबार प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६६ हजार रूपैयाँ र १ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । यसैगरी काठमाडौं महानगरपालिका–३२ नरेफाँट बस्ने पासा श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रामेछाप मन्थली नगरपालिका–२ घर भई हाल भक्तपुर कौशलटार बस्ने २८ वर्षीय बुद्धि बहादुर बुढाथोकीसहित ९ जना छन् । उनीहरुलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५० हजार रूपैयाँ र १९ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ११ साउन २०७९, १४ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सप्तरीमा हवाई फायर गरेर लागु औषधसहित दुई जना पक्राउ
भरुवा बन्दुकसहित एक पुरुष पक्राउ
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २३ वर्षपछि पक्राउ
दाजुको हत्या गरी फरार युवक पक्राउ
जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ
गोली प्रहार गरेर भारतीय नागरिक पक्राउ