पोखरा । नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनसम्म गठबन्धन रहने बताएका छन ।
४४औं पुष्पलाल स्मृति दिवसको सन्दर्भमा पोखरामा आयोजित कार्यक्रमलाई सम्वोधन गदै उहाँले गठबन्धन दलसँग तालमेल गरेर आगामी निर्वाचनसम्म गठबन्धन जाने दाबी गरे।
तालमेल गर्दा पार्टीको नेतृत्वदायी भूमिका र समग्रमा पार्टी भावनाअनुसार हुने उनले बताए । स्थानीय निर्वाचनको नतिजालाई सबै दलले सन्तोषजनक रूपमा लिएको भन्दै उनले यसैलाई आधार मानेर निर्वाचनमा जाने बताए ।
‘अहिले कसै कसैले अन्य तरिका बाट अनेक थरिका कुरा गर्न थालेका छन् तर गठबन्धन टुट्नेवाला छैन,’ उनले भने, ‘आउने चुनावसम्म गठबन्धन कायमै रहन्छ यसका लागि हाम्रो तर्फबाट अवश्य पनि बहस र छलफल हुन्छ ।’
अध्यक्ष नेपालले कसैले गठबन्धन गर्दा यो या त्यो बहानामा ठूलो भाग खोजेको खण्डमा टुलुटुलु हेरेर नबस्ने बताएका छन् । शक्ति बनाउने कुरामा कुनै कसुर बाँकी नराख्ने उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०९ साउन २०७९, १९ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेसँग एकता सम्भव छैन: माधव नेपाल
देशभित्रै रोजगारी नपाएर मानिसहरू विदेशतिर भौँतारिनुपर्ने स्थिति बनिरहेको छ : माधव नेपाल
सरकारप्रति जनताको आशा तुहिसक्यो: माधव नेपाल
सरकारका प्रारम्भिक गतिविधिप्रति माधव नेपालको असन्तुष्टि
विभाजनको प्रवृत्तिबाट माथि उठेर कम्युनिस्ट आन्दोलन सुदृढ बनाउन माधव नेपालको आग्रह
माधव नेपालको लज्जास्पद हार