काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले कर्जा प्रवाह हुन नसकी अर्थतन्त्रको विस्तार नै ठप्प भइरहेको पछिल्लो तीन महिनामा उद्योगमा भने उत्साहजनक रूपमा लगानी प्रतिबद्धता थपिएको छ।
उद्योग विभागले वैशाखयताका तीन महिनामा करिब ७७ अर्ब रुपैयाँ लगानी प्रस्तावलाई स्वीकृत गरेको छ।प्रस्तावित लगानीमध्ये २० अर्ब ३३ करोड प्रत्यक्ष वैदेशिक लगानी हो भने करिब ५७ अर्ब रुपैयाँ बराबरको स्वदेशी लगानी नै थप भएको छ । अघिल्लो आर्थिक वर्ष २०७७०७८० को वैशाखदेखि असारसम्म १७ अर्बमात्र लगानी थपिएको थियो। उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारी उद्योगको लगानी स्वीकृतिमा उत्साहजनक वृद्धि भएको बताउँछन् । ।
“मुलुकको अर्थतन्त्रले आन्तरिक तथा बाह्य चुनौती भोग्नु परिरहे पनि यहाँका उद्योगी व्यवसायीमा निराशा देखिएको छैन, जुन सकारात्मक पक्ष हो,” महानिर्देशक तिवारी भन्छन् ।
आजको कारोबार दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, ०८ साउन २०७९, ०७ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झापामा तीन महिनामा ३१७ घरेलु तथा साना उद्योग थपिए
मापदण्डविपरीत सञ्चालित उद्योगलाई कारबाही
चितवनका २७९ उद्योग बन्द
समस्या झेल्दै ‘भोजपुरे खुकुरी’ उद्योग
घट्यो कच्चा मार्बल तथा ग्रेनाइटमा भन्सार र अन्तःशुल्क