काठमाडौं । कोभिड–१९ संक्रमित राष्ट्रपति जोसेफ बाइडेनको स्वास्थ्यमा क्रमशः सुधार भइरहेको छ। राष्ट्रपति कार्यालयका अधिकारीहरूका अनुसार बाइडेनले दिनको आठ घण्टाभन्दा बढी समय काम गरिरहेका छन्।शुक्रबार उनले आफ्नो शीर्ष आर्थिक टोलीसँग भिडियो कन्फरेन्समार्फत गरेका थिए। त्यस बखत उनले आफ्नो स्वास्थ्यमा क्रमिक सुधार आइरहेको बताएका थिए।
उनलाई खानमा पनि अरुचि छैन। प्लेटमा रहेका खानेकुराका केही टुक्रा आफ्ना सहयोगीलाई देखाउँदै आफूलाई खान मन नलाग्ने कुनै समस्या नभएको बताएका थिए। कानुनी दस्तावेजहरूमा हस्ताक्षर गर्नाका साथै उनले सुरक्षानिकाय र गुप्त सूचना प्रवाह गर्ने संयन्त्रबाट टेलिफोनमा जानकारी लिएका थिए।
'उनी अझै पनि राष्ट्रपतिको काम गरिरहेका छन्', राष्ट्रपति कार्यालयका सञ्चार संयोजक करिन जीन–पियरले भनेका छन्।शुक्रबार निवासमा नै रहेका राष्ट्रपति विभिन्न भर्चुअल बैठकहरूमा सहभागी भएका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०७ साउन २०७९, १४ : १६
लेखकबाट थप