काठमाडौं । प्रहरीले ३ हजार एम्पुल लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ।प्रहरीले वीरगञ्ज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट लागुऔषधसहित वीरगञ्ज-१० बस्ने अनिल कुमारलाई पक्राउ गरेको हो।
लागुऔषध तस्करी भइरहेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले बिआर ०७ वाई ८२०१ नम्बरको मारुती कारलाई रोकेर चेकजाँच गर्दा कारको सिटमुनिबाट लागुऔषध फेनारगन ८८६ एम्पुल, डाइजेपाम ११५५ एम्पुल र नुरफिन ९७८ एम्पुल गरी जम्मा ३०१९ एम्पुल तथा नाईट्राभेट १७८५ ट्याब्लेट बरामद गरेको पर्साका प्रहरी प्रबक्ता प्रहलाद कार्कीले जानकारी दिए।
कार र लागुऔषध सहित पक्राउ परेका अनिललाई लागुऔषधसम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको कार्कीले बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०७ साउन २०७९, १४ : १४
लेखकबाट थप