काठमाडौं । वीरगञ्जमा एक वृद्धलाई टाटा सुमोले ठक्कर दिएर घाइते बनाई फरार भएका चालक पक्राउ परेका छन्।
प्रहरीले टाटा सुमोका चालक पर्साको बहुदरमाई नगरपालिका-७ विश्रामपुर टोल बस्ने २१ वर्षीय अलाउदिन अन्सारीलाई पक्राउ गरेको हो।गत साउन ५ गते अन्सारीले चलाएको ना १ ज १९२१ नम्बरको टाटा सुमोले वीरगञ्ज महानगरपालिका-२४ स्थित सोही स्थान बहुअरी टोल बस्ने ७० वर्षीया वृद्ध शिवदयाल राउन अहिरलाई ठक्कर दिएको थियो।
ठक्करबाट घाइते भएका यादवलाई छटपटाइरहेको अवस्थामा चालक अन्सारी सुमोसहित फरार भएका थिए।घाइते वृद्धलाई उपचारको लागि नारायणी अस्पतालमा पठाइएकोमा उनको त्यसको भोलिपल्ट मृत्यु भएको थियो।
वृद्धको मृत्युपछि स्थानीयले चालकलाई पक्राउ गर्न माग गर्दै सडकमा टायर बालेर प्रदर्शनसमेत गरेका थिए।खोजतलासको क्रममा फरार रहेका चालक अन्सारीलाई वीरगञ्ज महानगरपालिका-१९ विन्दवासिनी चोकबाट गाडीसहित पक्राउ गरिएको पर्साका प्रहरी प्रवक्ता प्रहलाद कार्कीले जानकारी दिए।
पक्राउ परेका उनलाई सवारी ज्यानसम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको कार्कीले बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०७ साउन २०७९, १३ : ५१
लेखकबाट थप