फिल्म ‘चंगाचेट’को सिक्वेल बन्ने

सफल खबर संवाददाता

शुक्रबार, ०६ साउन २०७९, १५ : १३
फिल्म ‘चंगाचेट’को सिक्वेल बन्ने

काठमाडौँ  ।  २०१८ मा प्रशर्दनमा आएको चर्चित फिल्म ‘चंगाचेट’को सिक्वेल बन्ने भएको छ। फिल्मकी निर्माता शर्मिला पाण्डेले ‘चंगाचेट २’ निर्माण हुन लागेको जानकारी दिएकी छन्।सामाजिक सञ्जालमार्फत पाण्डेले शुक्रबार फिल्मलाई चलचित्र विकास बोर्डमा दर्ता गरेको बताइन्। उनले भनेकी छिन्, ‘अगाडि निर्माण भएको चलचित्र ‘चंगाचेट’को अत्याधिक सफलतापछि डिएस डिजिटलद्वारा हामीले अब तुरुन्तै ‘चंगाचेट २’को निर्माण गर्दैछौं।’

पाण्डेकाअनुसार फिल्मलाई दर्शकको चाहना र रुचिअनुसार निर्माण गरिनेछ। २०१८ मा आएको ‘चंगाचेट’ दीपेन्द्र के खनालको निर्देशनमा बनेको फिल्म थियो। सिनेमा हलमा उक्त फिल्मले राम्रो व्यापारिक सफलता हात पारेको थियो।

अब बन्ने ‘चंगाचेट २’लाई पनि खनालले नै निर्देशन गर्नेछन्। अघिल्लो फिल्मबाट अर्पण थापा यो फिल्ममा पनि देखिनेछन् भने अन्य कलाकारको टुंगो छिट्टै लाग्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस