काठमाडौं । भारतमा आयोजना हुने साफ यू-२० पुरुष च्याम्पियनसिप फुटबलमा सहभागिता जनाउने नेपाली टोलीलाई बिदाइ गरिएको छ।शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले यू-२० टोलीलाई बिदाइ गरेको हो।
बिदाइ क्रार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव टंकलाल घिसिङ, एन्फा अध्यक्ष पंकज नेम्वाङलगायत एन्फाका पदाधिकारी सहभागिता थियो। नेपाली टोली शुक्रबार दिउँसो भारत प्रस्थान गर्ने छन्।च्याम्पियनसिपमा नेपाल सँगै आयोजक भारत, माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ। च्याम्पियनसिपका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले २३ सदस्यीय टिम घोषणा गरिसकेका छन्।
प्रतियोगितामा नेपालको कप्तानी मिडफिल्डर आयुष घलानले गर्ने छन्। च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले माल्दिभ्सको सामना गर्नेछ। नेपाल र माल्दिभ्सबीचको खेल भुवनेश्वरस्थित कालिङ्गा स्टेडियममा जुलाई २५ मा हुनेछ।नेपालले दोस्रो खेलमा श्रीलंकासँग जुलाई २७ र आयोजक भारतसँग जुलाई ३१ म खेल्ने छ। अन्तिम खेल नेपालले बंगलादेशसँग अगस्ट २ मा खेल्नेछ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०६ साउन २०७९, ११ : ३६
लेखकबाट थप